IME Life New
GBIME

बैंकास्योरेन्स निर्देशिका बनाउने बीमा समितिको तयारी, बैंकमा बीमा जानेका कर्मचारी हुनैपर्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं चैत्र २८: बीमा कम्पनीले आफ्नो व्यवसाय बढाउन संस्थागत अभिकर्ताको रुपमा बैंकहरुसँग बैंकास्योरेन्स सम्झौता गरिरेका छन्। कम्पनीहरुले बैंकसँग सम्झौता गरेर बैंकको च्यानल प्रयोग गरेर बीमा व्यवसाय अभिबृद्धि गरेपनि बीमा समितिले बैंकास्योरेन्स सम्बन्धी कुनै पनि निर्देशिका जारी गरेको छैन।

बीमा समितिले बीमा ऐन संसोधन गर्दै गर्दा बैंकास्योरेन्सलार्इ पनि समावेस गर्ने र निर्देशिका जारी गर्ने योजना बनाएको समितिका एक निर्देशकले बताए। अहिलेको अवस्थामा कम्पनीले बैंकलार्इ संस्थागत अभिकर्ताको रुपमा प्रयोग गर्ने र ऐन आएपछि बैंकास्योरेन्स सम्वन्धी निर्देशिका नै जारी गर्ने समितिले तयारी गरेको बुझिएको छ।

Crest

बैंकहरुसँग बैंकास्योरेन्सको सम्झौताले बीमा कम्पनीको नेटवर्क बढ्ने सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले बताए। बैंकहरुले बीमा गराउदा जसरी अभिकर्ताले गर्छन् त्यसरीनै बैंकहरुले गर्ने र कमिसन पनि अभिकर्ताकै जसरी पाउने उनले बताए।

बैंकहरुले धेरै भन्दा धेरै बीमा कम्पनीसँग सम्झौता गर्दा बैंकका कर्मचारीले सबै बीमा कम्पनीको पोलिसी बुझ्न गारो पर्ने हुँदा धेरै प्रभावकारी हुन नसकेको पाण्डेको भनाई छ। कम्पनी पिच्छे नै फरक फरक तालिमले कर्मचारीनै अलमलमा पर्ने गरेको उनले बताए। कुनै कुनै बैंकले इन्स्योरेन्स क्षेत्रकै कर्मचारी मगाएर काम गरिरहेको पाइए पनि अधिकांश बैंकले सम्झौता मात्रै गर्ने गरेको उनले जानकारी दिए। कम्पनीले नै आफ्ना कर्मचारी राखेर आफ्नो पोलिसी बुझाउने हो भने राम्रो हुने पाण्डेको सुझाव छ।

प्राइम लाइफले भने आफुले बीमाको तालिम दिन सक्ने हिसावले बैंकसँग संझौता गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टरार्इले बताए। प्राइम लाइफले औपचारिक रुपमा ४ वटा कम्पनीसँग मात्रै सम्झौता गरेको भट्टरार्इले जानकारी दिए। जुन बैंकसँग सम्झौता गर्यो त्यो बैंकलार्इ तालिम प्रदान गर्दै बीमाको पोलिसीको बारेमा जानकारी दिने गरेको उनले बताए। बैंकका ब्रान्च म्यानेजरसमेतलार्इ पनि बोलाएर तालिम दिने गरेको उनको भनाई छ।

बैंकास्योरेन्स गर्दा त्यो बैंकले देशभरीमा बैंकबाट बीमा पोलिसी बेच्ने भएको हुँदा सम्पुर्ण शाखाका कर्मचारीले बीमाकाबारेमा जान्नुपर्ने बाध्यता भएको सेञ्चुरी कमर्सियल बैंकका बैंकास्योरेन्स विभागका प्रमुख श्रीमान कोइरालाले बताए। अहिलेको अवस्थामा बैंकहरुले संस्थागत अभिकर्ताको रुपमा काम गरिरहेको तर नियमका रुपमा बैंकास्योरेन्सको व्यवस्था नभएको हुँदा पोलिसी तथा नियममा नै व्यवस्था गर्नु पर्ने कोइरालाले बताए।

बैंकहरुकालागि यस्तो सेवा नयाँ भएको हुँदा पुर्ण रुपमा काम गर्न नसकेको कोइरालाले बताए। बैंकले भविष्यमा सम्पुर्ण बीमा कम्पनीसँग बैंकास्योरेन्सको सम्झौता गर्ने र बैंकमा सेवा लिन आउनेलार्इ सम्पुर्ण कम्पनीको बीमा सेवा लिन मिल्ने बनाउने कोइरालाको भनाई छ।

बैंकहरुकालागि यस्तो आम्दानी विना लगानीको हुने भएकाले बैंकहरुले कम्पनीहरुसँग सम्झौता गरिरहेको पाण्डे बताए। बैंकल्पिक आम्दानीका रुपमा बैंकास्योरेन्स सेवाको विस्तार भैरहेको उनले बताए।

सिद्धार्थ बैंकले भने बैंकास्योरेन्सको सम्झौता गर्नुभन्दा अघि आफ्ना कर्मचारीलार्इ उक्त कम्पनीको पोलिसीको बारेमा तालिम दिने गरेको बैंकको बैंकास्योरेन्स विभागका सहायक प्रमुख निरव श्रेष्ठले जानकारी दिए। बैंकले विभाग नै खोलेर विभिन्न कम्पनीको बीमा सेवा प्रदान गर्दै उनले बताए।

संस्थागत अभिकर्ताको रुपमा बैंकहरुले बीमा कम्पनीको पोलिसी बेच्दा आफ्ना सेवाग्राहीलार्इ सबै सेवा दिने हिसावले धेरै भन्दा धेरै बीमा कम्पनीसँग बैंकास्योरेन्सको सम्झौता गर्ने नीति लिएको सेञ्चुरी कमर्सियल बैंकका बैंकास्योरेन्स विभागका प्रमुख श्रीमान कोइरालाले बताए।

(श्रोत:-bizmandu.com)

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS