IME Life New
GBIME

बीमा सचेतनामा अग्रसर हुँदै प्राधिकरणको सुदुरपश्चिम प्रदेश, महाकाली पारीको विकट नगरपालिकामा सम्पन्न गर्यो कार्यक्रम

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेश धनगढीले पछिल्लो समय बीमा सचेतना कार्यक्रमलाई जोड दिँदै आइरहेको छ । यस प्रदेशले बीमा जनचेतना कार्यक्रम सुगमठाउँदेखि दुर्गम ठाउँसम्म आयोजना गर्दै आइरहेको छ । सबै मानिसहरु माझमा बीमा पहुँ पुर्याउने हेतुले यस्तो खालको कार्यक्रमलाई जोड दिँदै आएको सुदुरपश्चिम प्रदेश धनगढीका कार्यालय प्रमुख ओम बहादुर अधिकारीले बताएका छन् ।

यसै क्रममा सुदुरपश्चिम प्रदेश धनगढीले कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका (महाकाली पारीको विकट नगरपालिका)मा जनचेतनामुलक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

Crest

उक्त कार्यक्रम सुदुरपश्चिम प्रदेश धनगढी कार्यालयका प्रमुख ओम बहादुर अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु, बिशेष अतिथिका रुपमा नगरपालिकाकी उप प्रमुख गंगा देवी जोशी अतिथिहरुमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्र, जनप्रतिनिधिहरु, नगरपालिकाका पशुशाखा, कृषि शाखा प्रमुख, कृषि तथा पशुपन्छी बीमाका लागि कञ्चनपुर जिल्ला तोकिएका बीमा कम्पनीका प्रतिनिधिहरु , जीवन बीमा कम्पनीका प्रतिनिधिहरु, स्थानीय अगुवा कृषक, कृषि सहकारि सस्थामा आबद्ध महिला तथा कृषक,बीमा अभिकर्ताहरु, सुरक्षा निकायका प्रमुख लगायत स्थानीय हरूको १०० भन्दा बढि सहभागिता रहेको थियो ।

कार्यक्रम नेपाल बीमा प्राधिकरण सुदुर पश्चिम प्रदेश कार्यालयका सहायक निर्देशक दिपक ज्ञवालीले सञ्चालन गरेका थिए । कार्यक्रममा सहभागीहरुले कृषि बीमा गर्न कहाँ जाने र कोही पनि बीमा गर्न नआएको, छाडा पशुको बीमा गर्न मिल्ने नमिल्ने, बीमा अभिकर्ताहरु पहिलो किस्ता बीमाशुल्क लिए पछि दोश्रो किस्ता लिन नआएको, जीवन बीमा भारतीय कम्पनीमा हुने गरेको, बीमा दाबी प्रक्रिया सहज हुनु पर्ने, प्रदेश सरकारले दिएको २० प्रतिशत कृषि बीमा अनुदान लिन झन्झटिलोरहेको,पशुबीमा बाख्राको दावी भुक्तानी नपाइएको, प्रचार प्रसारको कमिले गर्दा कृषि तथा पशुपन्छी बीमामा संघीय सरकारले तथा प्रदेश सरकारले दिएको अनुदान समेत थाहा नभएको जस्ता गुनासो गरेका थिए ।

कार्यक्रममा सहभागीहरूले नेपाल बीमा प्राधिकरणको प्रादेशिक कार्यालय यस प्रदेशमा स्थापना भएकोमा खुशि पनि व्यक्त गरेका थिए । कार्यक्रममा सहभागीहरूले राखेका गुनासाहरुको जबाफ प्रदेश कार्यालयका प्रमुख ओम बहादुर अधिकारीले तथा सम्बन्धित बीमा कम्पनीका प्रतिनिधिहरुले दिएका थिए ।

उक्त कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बीमा प्राधिकरणलाई बीमा सम्बन्धि कार्यक्रम लिएर आएकोमा र धेरै कुरा जनाकारी दिएकोमा स्वागत तथा धन्यवाद ज्ञापन गरेका थिए।

साथै नगरपालिकाबाट यहाँका कृषक तथा नगर बासिहरुलाई बीमामा समेट्नका लागि नीति ,योजना बनाई लागू गर्ने कुरा राख्दै यस्तो महत्वपुर्ण कार्यक्रम फेरि पनि यस नगरपािलकामा राख्न अनुरोध समेत गरेका थिए ।

कार्यक्रममा प्रदेश प्रमुख ओम बहादुर अधिकारीले स्थानीय तहबाट नगरपालिकाले समेत कृषकहरूको कृषि बीमा गर्दा थप सहुलियत प्रदान गरि कृषि पेशालाई थप आत्मनिर्भर र स्वरोजगार उन्मुख बनाउन र सरकारी सम्पत्ति तथा आम नगरबासिको घर लगायत अन्य सम्पत्तिहरु तथा सरकारी भवन, मठ मन्दिर, स्कुल, विद्यार्थी ,शिक्षकहरुको अनिवार्य बिमा गर्ने व्यवस्थाका लागि अनुरोध गरे ।

यसैगरी न्यून आय भएका तथा पिछडिएका वर्गलाई बीमामा समेट्ने उद्देश्यले नेपाल बिमा प्राधिकरणले सुदूरपश्चिम प्रदेशको धनगढीमा लघुबीमा कम्पनी स्थापना गर्न लागिएको कुरा पनि बताए । साथै, सहभागीहरूलाई आफुले लिएको बीमा सम्बन्धि ज्ञानलाई आफ्नो परिवार तथा छरछिमेकीहरुलाई पनि जानकारी गराइदिनु हुन समेत उनले आग्रह गरे ।

अन्तमा प्रदेश प्रमुख ओम बहादुर अधिकारीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने दोधारा चाँदनी नगरपालिका परिवार, बीमा कम्पनीका प्रतिनिधिहरु, बीमा अभिकर्ताहरु, सुरक्षा निकाय,विभिन्न संघ सस्थाका प्रतिनिधिहरु बीमा प्राधिकरणका कर्मचारी लगायत सम्पूर्ण सहभागीहरुलाई धन्यवाद ज्ञापन गरे ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS