IME Life New
GBIME

बीमा कम्पनीहरु बीच अस्वस्थ्य प्रतिस्पर्धा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

बिजया बास्कोटा
नेपालमा बीमा कम्पनीहरु बीच अस्वस्थ्य प्रतिस्पर्धा बढ्दै जान थालेको सरोकारवालाहरुले बताएका छन् । कम्पनीहरु थपिदै जानु तर बजार नबढ्नुले कम्पनीहरु एक अर्काको व्यवसाय तानतान गर्न थालेको उनीहरुले बताए ।


बीमा समितिले अग्नि, मोटर सहित तीन प्रकारका बीमाको दर तोकेको छ । बीमादर तोकिएका सम्पतिको बीमा गर्दा कम्पनीहरुले दर घटाउँन नपाउँने व्यवस्था छ । त्यसैगरी अन्य बीमामा भने समितिले दर तोकेको छैन । त्यसमा कम्पनीहरुले जोखिमको मूल्यांकन गरी आफुखुशी दर तोक्न पाउँने व्यवस्था छ । तर, दर तोक्ने बीमा गर्ने सम्पतीको जोखिमको उचित मूल्यांकन भने गर्नुपर्छ ।

Crest

तर, कम्पनीहरुले समितिले तोकेको बीमादर भन्दा पनि घटेर बीमा गरेको एक कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए । यस बिषयमा समिति जानकार भए पनि मौन रहेको बीमकहरु नै बताउँछन् । त्यसैले बीमादर नतोकिएको सम्पतीको बीमा गर्दा कम्पनीहरुले अत्यन्तै न्यून बीमादरमा बीमा गर्न थालेका छन् । यसले भोलिका दिनमा कुनै महाविपत्ति परेमा कम्पनीहरु टाट पल्टिने बीमकहरु बताउँछन् ।

कम्पनीहरु बीच प्रतिस्पर्धा हुनु स्वभाविक नै हो । तर, समितिले तोकेको दर भन्दा पनि घटेर व्यवसाय गर्नु बीमा क्षेत्रको लागी घातक हुन सक्ने नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले बताए ।
त्यसैगरी बीमादर नतोकेको अवस्थामा पनि जोखिमको अवस्था भन्दा पनि तल गएर बीमा गर्ने गरेको लुम्बिनी जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत बिके श्रेष्ठले बताए । ‘यस्तो अवस्थामा चलिरहने हो भने कुनै दिन कम्पनीहरु टाट पल्टिन्छन्,’उनले भने ।

बिकसित मुलुकहरुमा बीमादर तोकिने व्यवस्था नभए पनि नेपाल जस्ता विकासशिल राष्ट्रहरुमा बीमादर तोकिने व्यवस्था छ । समितिले समय समयमा यस्तो खालको बीमादर फेरबदल गर्ने गर्छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS