IME Life New
GBIME

बीमा कम्पनीको पूर्वाधार क्षेत्रमा ऋण लगानी : प्रचलित कानुन र लगानी निर्देशिकाको तालमेल मिलेन

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। बीमा समितिले केहिदिन अगाडि सम्पुर्ण बीमा कम्पनीहरुलाई बीमकको लगानी निर्देशिका २०७५ अनुसार बीमा कम्पनीहरुलाई पूर्वाधार क्षेत्रमा लगानी गर्न निर्देशन दिएको छ। निर्देशिकामा प्रस्ट सँग ‘कृषि पर्यटन र जलस्रोत लगायतका पूर्वाधारमा ऋण वा पुँजी’ को रुपमा लगानी गर्न सकिने व्यवस्था छ। तर बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्था, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले जस्तै ऋण लगानी गर्न पाउदैनन्।

Crest

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थामा पैसा राखेर मात्रै देशको विकास नहुने भन्दै उनिहरुलाई पूर्वाधार क्षेत्रमा लगानी गर्ने निर्देशन दिएका छन्। सिलवालले भने जस्तै बीमा कम्पनीहरुको अधिकाम्स लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमै सिमित छ।

बीमा समतिले दुई वर्ष अगाडि जारी गरेको निर्देशिकामा पूर्वाधार क्षेत्रमा ऋण लगानी गर्न पाउने व्यवस्था गरे पनि कानुनी रुपमै बीमा कम्पनीहरुले ऋणको रुपमा कुनै पनि परियोजना कम्पनीमा लगानी गर्न सक्दैनन्। बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनमा बैंक तथा वित्तीय संस्थाले मात्रै निक्षेप संकलन गर्ने तथा कर्जा लगानी गर्न पाउने व्यवस्था छ। बैंकहरुलाई कर्जा लगानीका साथै असुलीको कानुनी बाटो पनि खोलिदिएको छ। उनिहरुले ऋणीको धितो मूल्याङ्कन लिलामी गरेर असुल उपर गर्न सक्छन्। तर यस्तो अधिकार बीमा कम्पनीहरुलाई छैन।

निर्देशिकामा ऋण लगानी गर्न सक्ने व्यवस्था भए पनि समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल आफै पनि बीमा कम्पनीहरुले कर्जा लगानी गर्न नमिल्ने बताउछन्। उनले भने ‘बीमा कम्पनीहरुले कर्जा लगानी गर्न पाउदैनन्, यो काम बैंकहरुको हो।’

बीमा कम्पनीहरुलाई कर्जा लगानी गर्ने भन्दा पनि ठुला ठुला परियोजनामा पुँजी मार्फत लगानी गर्नु पर्ने उनले बताए। कम्पनीहरुले कन्सोटियम लगानी गर्न भने पाउने उनले जानकारी दिए। लगानी गर्दा पनि ऋण भन्दा पनि शेयरमार्फत लगानी गर्नु पर्ने पौडेलले उल्लेख गरे।

उक्त निर्देशिका अनुसार बीमा कम्पनीहरुले एउटै परियोजनामा कुल रकमको १० प्रतिशत भन्दा बढि लगानी गर्न नपाइने व्यवस्था छ। कम्पनीहरुले ठुला ठुला पूर्वाधार क्षेत्रमा सहलगानीमा दुई तीन वटा बीमा कम्पनी मिलेर लगानी भने गर्न सक्ने समितिले जनाएको छ।

समितिले पूर्वाधार क्षेत्रमा लगानी गर्न निर्देशन दिदै गर्दा धेरै कम्पनीहरु भने अन्योलमा परेका छन्। बीमा कम्पनीहरुले चाहेर पनि ऋण लगानी गर्न नपाउने साथै पुर्वाधार क्षेत्रमा लगानी गर्दै गर्दा १० प्रतिशत भन्दा बढि गर्न नपाउने भएकाले खासै उपलब्धिमुलक नभएको उनिहरुको तर्क छ।

बीमा कम्पनीहरुले पूर्वाधार क्षेत्रमा लगानी गर्न नसकिने बताउदै गर्दा उनिहरुले सहायक कम्पनी मार्फत लगानी गर्न पाउने स्पस्ट व्यवस्था छ। साथ साथै बीमा कम्पनीहरु मिलेर सहलगानीमा कुनै एउटा पूर्वाधारमा भने लगानी गर्न सक्छन्। यसका लागि कम्पनीले लगानी व्यवस्थापन समुह बनाउनु पर्ने हुन्छ।

कतिपय कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतका अनुसार बीमा कम्पनीहरुको मुख्य उद्देश्य बीमा व्यवसाय गर्ने भएकाले यस्ता पूर्वाधारका क्षेत्र खोज्दै हिड्न असहज भैरहेको छ। बीमा कम्पनीहरु मुख्य उद्देश्य बीमित सँग लिइएको बीमाशुल्क संकलन गरेर उचित ठाउमा लगानी पछि उचित प्रतिफल दिनु नै हो। यसका लागि कम्पनीहरु आफैले आलटाल गरिरहेको बीमा समितिको आरोप छ।

जीवन बीमा कम्पनीहरुलाई पुर्वाधार क्षेत्रमा अनिवार्य लगानी गर्न बीमा समितिको निर्देशन

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS