IME Life New
GBIME

बीमकको सञ्चालकको भत्ता साधारण सभाले पारित गर्नुपर्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्


बीमा कम्पनीको सञ्चालकको भत्ता साधारण सभाले पारित गर्नुपर्ने लगानीकर्ताहरुले माग गरेका छन् । सञ्चालकको भत्ता तथा सुबिधा साधारण सभाले निर्धारण गर्ने हुनाले ऐनमा नै यस्तो व्यवस्था गर्न उनीहरुले माग गरेका छन् ।

अर्थमन्त्रालये संसदमा प्रस्तुत गरेको नयाँ बीमा विद्येयकको दफा ५३ को ११ मा सञ्चालकले बैठकमा उपस्थित भए बापत प्राधिकरणले निर्धारण गरिदिए बमोजिमको बैठक भत्ता र अन्य सुविधा पाउँनेछ भन्ने व्यवस्था गरिएको छ । तर, प्रतिनिधि सभाको अर्थसमितिमा भएको छलफलमा निर्जीवन बीमा कम्पनीका लगानीकर्ताले सञ्चालकको सेवा सुविधा साधरण सभाले पारित गर्न पाउँनुपर्ने माग राखेका हुन् ।

Crest

त्यसैगरी लगानीकर्ताले बीमकको सञ्चालक वा आधारभूत सेयरधनीको एकाघरको परिवार कर्मचारीमा नियुक्त हुन नपाउँने व्यवस्था गर्न माग गरेका छन् । नयाँ बीमा विद्येयकमा बीमकसँग वित्तीय स्वार्थ भएको व्यक्तिलाई कर्मचारीमा नियुक्त हुन सक्ने छैन भन्ने व्यवस्था गरिएको छ । तर, लगानीकर्ताहरुले वित्तिय स्वार्थको सिमा निर्धारण गरी कर्मचारी नियुक्त गर्न रोक लगाउँदा राम्रो कर्मचारी नियुक्ती गर्नबाट बन्चित हुने धेरैको रोजगारी गुम्ने तर्क राखेका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS