IME Life New

फाइनान्स कम्पनीः मञ्जुश्रीले सर्वाधिक कमाउँदा धेरै घाटा व्यहोर्नेमा पोखरा र समृद्धि

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको १० महिना वैशाखसम्मको तथ्यांक हेर्दा हाल सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीमध्ये ९ वटाले मात्रै नाफा कमाएका छन् भने बाँकी ८ वटा घाटामा रहेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो।

यो १० महिनामा फाइनान्स कम्पनीमा नाफा आर्जनको हिसाबले शीर्ष मञ्जुश्री फाइनान्स रहेको छ। वैशाखसम्म यो कम्पनीले २० करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

Crest

दोस्रो स्थानमा गोर्खाज फाइनान्स रहेको छ। यो १० महिनासम्म गोर्खाजले ६ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको छ। आईसीएफसी फाइनान्स ४ करोड ८९ लाख रुपैयाँ नाफाबाट साथ तेस्रो स्थानमा रहेको छ।

यसैगरी श्रीइन्भेस्टमेन्टले ३ करोड ५७ लाख रुपैयाँ, एनएसएमले २ करोड ८ लाख रुपैयाँ, मल्टीपर्पसले १ करोड ९३ लाख रुपैयाँ, सी मर्चेन्टले १ करोड ५३ लाख रुपैयाँ, बेष्ट फाइनान्सले ३९ लाख २० हजार रुपैयाँ र नेपाल फाइनान्सले १२ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन्।

यो १० महिनामा सबैभन्दा बढी घाटा पोखरा फाइनान्सले व्यहोरेको छ। यो कम्पनी १७ करोड ३३ लाख रुपैयाँ घाटामा रहेको छ।

त्यस्तै समृद्धि फाइनान्सले उच्च घाटा व्यहोरेको छ। समृद्धि वैशाखसम्म १३ करोड ३६ लाख रुपैयाँ नोक्सानीमा रहेको छ।

यसैगरी जानकीले ९ करोड ६९ लाख रुपैयाँ, गुडविलले ७ करोड ४८ लाख रुपैयाँ, प्रोग्रेसिभले ६ करोड १४ लाख रुपैयाँ, सेन्ट्रलले ५ करोड २३ लाख रुपैयाँ, रिलायन्सले ५ करोड २ लाख रुपैयाँ र गुहेश्वरी मर्चेन्टले ४ करोड ९७ लाख रुपैयाँ घाटा व्यहोरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS