IME Life New
GBIME

प्रभु लाइफको विशेष साधारणसभा सम्पन्न, मर्जर र हकप्रदको निर्णय लिने जिम्मा सञ्चालकलाई

SPIL
Global College
Nepal Life

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा सम्पन्न भएको छ । मर्जरको लागि आवस्यक काम प्रकृयाँ अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावका अतिरिक्त हकप्रदको निर्णय पनि लिन पाउने अधिकार थप गरिएको छ । उक्त थप गरिएको प्रस्ताव आज सम्मपन्न साधारणसभाले पारित समेत गरेको छ ।

हकप्रद कति प्रतिशत ल्याउने भन्ने जिम्मा संचालक समितिलाई सभाले अख्तियारी दिएको छ । कम्पनी ऐनको दफा ६७ मा भएको ब्यबस्था अनुसार सभाले हकप्रद निष्कासनको एजेन्डा थपेको हो ।

Crest

कम्पनीको असार ७ गते बसेको संचालक समितिको बैठकले विशेष साधारण सभा गर्ने मिति तय गरेको थियो । सभा अम्रपाली बैङक्वेट भाटभटेनी काठमाडौंमा विहान ११ः४५ बजेबाट सुरु भएको थियो ।

सभाले नियामक निकाय बीमा समितिले तोके बमोजिम कम्पनीको अधिकृत चुक्ता पूँजी बृद्धि गर्ने, कम्पनीको पूँजी बृद्धि तथा अन्य व्यवस्था समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न तत् व्यवस्थामा संशोधन गरेको छ ।

सभाले संस्थापक समुहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकहरुको नियुक्ती अनुमोदन गरेको छ । साथै, पूँजी बृद्धिको आवश्यक्तालाई ध्यानमा राखी भविष्यमा अन्य कुनै कम्पनीसँग एक आपसमा मर्जरमा जाने वा गाभ्ने गाभिने प्रयोजनका लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान तथा छनोट गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समितिमा निवेदन दिने, सम्पति तथा दायित्वको मुल्याङकन गर्न मुल्यांङकनकर्ता वा लेखापरीक्षकहरुको नियुक्ती गर्ने, नीजहरुको पारीश्रमिक तोक्ने, अन्य कुनै कम्पनीसँग गाभ्ने गाभिने सम्बन्धी अन्य आवश्यक कार्य गर्नका लागि संचालक समितिलाई पुर्ण अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।

साथै सभाले प्रबन्धपत्र र नियमावली संशोधन गर्दा नियमनकारी निकायबाट हेरफेर संशोधन परिमार्जन गर्ने निर्देशन आएमा सोही अनुरुप कार्य गर्नको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS