IME Life New
GBIME

प्रभु लाइफको बीमा शुल्क आर्जन ११४ प्रतिशतले बढ्यो, अभिकर्ताले बुझे १० करोड रुपैयाँ कमिशन

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा खुद बीमा शुल्क आर्जन ११४ प्रतिशतले बढाउन सफल भएको छ । तीन महिनाको अवधिमा मात्रै ५५ करोड ६३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा जम्मा २५ करोड ९७ लाख रुपैयाँ मात्रै थियो । स्थापनादेखि अहिलेसम्ममा भने तीन अर्ब ८२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरिसकेको छ ।

कम्पनीको मुनाफा पनि ७.२२ प्रतिशतले बढेको छ । पहिलो त्रैमाशिक अवधिमा कम्पनीले तीन करोड ३१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा तीन करोड ९ लाख रुपैयाँ थियो ।

Crest

प्रभु लाइफको जीवन बीमा कोषमा पनि उल्लेख सुधार भएको छ । एक वर्षको अवधिमा एक अर्ब १९ करोड रुपैयाँबाट २ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । गत वर्ष प्राथमिक शेयर निष्काशन गरेको प्रभुको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ४२ करोड ५४ लाख रुपैयाँ जम्मा भएको छ ।

कम्पनीको दिर्घकालिन लगानी ८५ करोड ४७ लाख रुपैयाँ रहेको छ भने अल्पकालिन ३४ करोड ५७ लाख रुपैयाँ रहेको छ । यस अवधिमा बीमितले आफ्नो बीमालेख धितोमा राखेर मात्रै ३९ करोड ५३ लाख रुपैयाँ कर्जा लिएका छन् ।

जीवन बीमा व्यवसायमा उल्लेख्य सुधार सँगै अभिकर्ताले प्राप्त गर्ने कमिशनमा पनि उल्लेख बृद्धि भएको छ । यस अवधिमा अभिकर्ताले मात्रै १० करोड रुपैयाँ कमिशन बुझेका छन् । कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS