काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको सञ्चालकमा प्रमोद घिमिरे नियुक्त भएका छन् । घिमिरे संस्थापक शेयरधनी नेपाल होल्डिङ प्रा.लीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी नियुक्त भएका हुन् । यस अघि नेपाल होल्डिङ प्रा.लीको तर्फबाट शिक्षा भट्टचनले प्रतिनिधित्व गर्दै आएकी थिइन् । कम्पनीको असार १७ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णयले घिमिरेलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
1688355718022प्रभु इन्स्योरेन्सको सञ्चालकमा घिमिरे नियुक्त
