IME Life New
GBIME

पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन औसत २४ प्रतिशतले बढ्यो, प्रुडेन्सियल इन्स्योरेन्सको पनि घट्यो बीमाशुल्क

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

बिजयाँ बास्कोटा
चालु आर्थिक बर्ष २०७५/७६ को पहिलो त्रैमास अवधिमा निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन औसत २४ प्रतिशतले बढेको छ । कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण अनुसार चालु आवको असोज महिना सम्मममा १६ वटा पुराना निर्जिवन बीमा कम्पनीहरुले ५ अर्ब ७९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यो रकम गत आवको सोही अवधिको तुलनामा १७ प्रतिशतले बढी हो ।

चालु आवको पहिलो त्रैमास अवधिमा पुराना जिर्नीवन बीमा कम्पनीहरु मध्ये हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवमा कम्पनीको बीमाशुल्क आर्जन ७२ प्रतिशतले बढेको छ । उक्त अवधिमा कम्पनीले ४५ करोड ८५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिमा कम्पनीले २६ करोड ५७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

Crest

त्यस्तै गत आवको तुलनामा चालु आवमा बीमाशुल्क बृद्धि भएको आधारमा नेपाल इन्स्योरेन्स कम्पनी दोस्रोमा परेको छ । गत आवको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ५१ प्रतिशतले बढेको छ । चालु आवको पहिलो त्रैमासमा कम्पनीले ३२ करोड १३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिमा कम्पनीले २१ करोड १८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

तेस्रोमा भने आईएमई जनरल इन्स्योरेन्स परेको छ । कम्पनीको बीमाशुल्क आर्जन ४६.६४ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको असोज मसान्त सम्ममा ३१ करोड ७४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीले २१ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको थियो ।
सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनीहरु
चालु आवको पहिलो त्रैमास अवधिमा शिखर इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले असोज मसान्त सम्ममा ७ करोड ७० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, दोस्रोमा सगरमाथा इन्स्योरेन्स परेको छ । कम्पनीले पहिलो त्रैमास अवधिमा ६० करोड ५८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । तेस्रोमा परेको सिद्धार्थ इन्स्योरेन्सले ५२ करोड ६३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
बीमाशुल्क घटेका कम्पनीहरु
चालु आवको पहिलो त्रैमास अवधिमा एभरेष्ट इन्स्योरेन्स कम्पनीको बीमाशुल्क सबैभन्दा धेरैले घटेको छ । कम्पनीको बीमाशुल्क आर्जन २ गुणा भन्दा धेरैले घटेर २० करोड ७१ लाख रुपैयाँमा सिमित भएको छ । त्यस्तै, युनाईटडे इन्स्योरेन्स कम्पनीको १५ प्रतिशत, राष्ट्रिय बीमा संस्थानको १२ प्रतिशत र प्रुडेन्सियल इन्स्योेरेन्स कम्पनीको बीमाशुल्क आर्जन १ प्रतिशत भन्दा धेरैले घटेको छ ।
नयाँ कम्पनीहरुले ९ करोड बीमाशुल्क आर्जन गरे
चालु आवको पहिलो त्रैमास अवधिमा नयाँ निर्जीवन बीमा कम्पनीहरुले ९ करोड ७९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । उक्त अवधिमा सानिमा इन्स्योरेन्सले १ करोड ५३ लाख, जनरल इन्स्योरेन्स ३ करोड ९६ लाख र अजोड ४ करोड २९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS