IME Life New
GBIME

नेशनल साईबर ओलम्पियाड–२०८१ +२ संस्करण

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल साईबर ओलम्पियाड– २०८१ (National Cyber Olympiad – 2081) को+२ संस्करणको पहिलो प्रतियोगिता आयोजना हुने भएको छ ।  प्रशिक्षणको आयोजनामा हुन गई रहेको नेशनल साईबर ओलम्पियाड–२०८१ फागुन ५ गते देखि काडमाडौंमा अभिमुखीकरण कार्यक्रम गरेर सुरुवात भएको  हो ।  फागुन ५  गते देखि सुरु भएको यस कार्यक्रममा काठमाडौं उपत्यकाका ३० भन्दा बढी+२ कलेज र स्कुलका टिमहरूले प्रतिस्पर्धा गर्दै छन् ।

नेशनल साईबर ओलम्पियाड सूचना प्रविधि क्षेत्रको अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता हो जसमा सहभागी हुन+२ कलेज र स्कूलका टिमहरूले फागुनको २ गते सम्म दर्ता गराएका थिए । आयोजकका अनुसार यो प्रतियोगिताको पाँच वटा विद्यालय स्तरीय संस्करण यस अघि २०७१, २०७२, २०७३, २०७९ र २०८१ मा सफल रूपमा आयोजना भइसकेको र+२ संस्करण पहिलो पटक सम्पन्न हुन गइरहेको हो ।

Crest

प्रतियोगिता Qualifying, Semifinal र Final  गरी तीन चरणमा Knock Out पद्धतिबाट संचालन हुने छ। प्रतियोगितामा General, Curriculum, Logical, Multimedia, Defending, Gambling and Gasping Round हरूमा दर्ता भएका प्रतियोगी समूहबीच प्रतिस्पर्धा गराइने छ । नेशनल साईबर ओलम्पियाड– २०८१ प्रतियोगितामा उत्कृष्ट हुने टिमले तीस हजार नगद पुरस्कार , ट्रफि, मेडल तथा अन्य धेरै उपहारहरूले सम्मान गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको ओरिन्टेसन फागुन ५ गते सुरु भई अन्तिम चरणको प्रतियोगिता फागुनको १५ गते सम्पन्न हुनेछ । सूचना प्रविधि क्षेत्रलाई केन्द्रित गरी आयोजना गरिएको यस प्रतियोगितात्मक कार्यक्रममार्फत सहभागी विद्यार्थीहरुले प्रतिस्पर्धा गरी सूचना प्रविधिको ज्ञान हासिल गर्ने तथा सो क्षेत्रमा आफूलाई अद्यावधिक राख्ने अवसर प्राप्त गर्नेछन् ।

संस्थापक अध्यक्ष श्री लक्ष्मण पोख्रेलले लगातार पाँच वटा स्कुल संस्करणको सफलतापूर्वक सम्पन्नताले आयोजकहरूमा उत्साह मात्र ल्याएन, +२ का विद्यार्थीहरूबाट बलियो माग पनि उत्पन्न भएको बताए, जसले गर्दा प्रतियोगिता+२ का विद्यार्थीहरूमा विस्तार गर्ने निर्णय यस वर्षदेखि गरिएको हो ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS