IME Life New
GBIME

नेपाल लाइफको नयाँ मोवाइल एप सार्वजनिक, यस्ता छन् विशेषता

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले एन्ड्रोइड र एप्पल फोन(आइओएस) का लागि नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । यस इन्स्योरेन्सको प्रधान कार्यालय कमलादी, काठमाडौँमा आयोजित एक विषेश समारोहका बिच यस इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मोवाइल एप्लिकेसनलाई डाउनलोड गरी उक्त एपलाई सार्वजनिक गरेका हुन् । परिस्कृत र नयाँ सुविधाहरू सहित सार्वजनिक गरिएको मोबाइल एप्लिकेसन एप स्टोरबाट डाउनलोड गर्न सकिने छ । ग्राहक र अभिकर्ता दुबैले एउटै एप्लिकेसन मार्फत लाभ लिन सक्नेछन्।

सर्वप्रथम एपलाई एप स्टोर वा प्लेस्टोरबाट डाउनलोड गरीआफ्नोरजिस्टर्ड फोन नम्बरको माध्यमबाट आफुलाई रजिस्टर गरि लग इन गर्न सकिने छ । आफू अभिकर्ता वा बीमित छनौट गरि आफ्नो प्रोफाइल एड गर्न सकिने छ । एप्लिकेसनमा एकै जनाको एक भन्दाबढीबीमालेखभएमा सबैलाई लिस्ट गर्न सकिने छ ।आफ्नो बीमालेख प्रोफाइलमा एड गरे पश्चात आफ्नो बीमा सँग सम्बन्धित सम्पूर्ण जानकारी एकै ठाँउमा सरल तथा सहजतवरले प्राप्त गर्न सकिने कुरा इन्स्योरेन्सले जनाएको छ ।

Crest

साथै एपमा अन्य सुविधाहरुको रुपमा प्रिमियम हिसाब, बीमा योजनाको जानकारी, शाखा तथा उपशाखाहरुको स्थान तथा सम्पर्क नम्बर तथा यस इन्स्योरेन्सले सार्वजनिक गरेको जानकारी मुलक, तथा मनोरन्जनात्मक श्रब्य दृश्य सामग्रीहरु पढ्न तथा हेर्न सकिने छ ।
हाल इन्स्योरेन्सले ल्याएको एपलाई समयानुकूल स्तरवृद्धि गर्दै ग्राहकलाई जीवन बीमा सम्बन्धी सम्पूर्ण सुविधाहरु चुस्त दुरुस्त तरिकाले एकद्वार नीतिको अबलम्बन गर्दै सेवा प्रवाह गर्ने प्रतिबद्घता नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए ।

सूचना प्रविधिमा आएको आमुल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउदै गर्दा सूचना प्रविधिको विकाशक्रम संगसँगै नेपाल लाइफका विभिन्न सेवा तथा सुबिधाहरुलाई ग्राहक तथा अभिकर्ता समक्ष सहज, सुरक्षित एवं प्रभावकारी रुपमा उपलव्ध गराईकम्पनीको डिजिटल रुपान्तरणको लक्ष्य हासिल गर्न यो कदम फलदायी हुने कुरा यस इन्स्योरेन्सका प्रमुख सुचना प्रविधि अधिकृत शरद चन्द्र प्याकुरेलले जनाए ।

यस एपलाई ग्राहक तथा अभिकर्ताहरुको आवश्यकता अनुरुप क्रमश थप परिस्कृत तथा विकसित गर्दै लैजाने विषयमा नेपाल लाइफ प्रतिबद्ध रहेको छ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

81%

खुसी

0%

दु :खी

7%

अचम्मित

7%

उत्साहित

4%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS