IME Life New
GBIME

नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकका पाचँ शाखा विस्तार हुदैँ

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

बुटवल, कालिकानगर, रुपन्देही स्थित केन्द्रीय कार्यालय रहेको नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकले थप ५ वटा नयाँ शाखा कार्यालयहरु विस्तार गर्ने भएको छ ।बैंकले नवलपरासी जिल्लाको सुनवल, भुमही र देवदह, भलुही एवम् रुपन्देही जिल्लाको सैनामैना, रामापुर, तिलोत्तमा, मधौलिया, सुख्खानगरमा नयाँ शाखाहरु खोल्न प्रक्रृया अगाडी बढाएको बैंकले जनाएको छ ।

बैकंको अधिकृत पूँजी ६० करोड र जारी तथा चुक्ता पूँजी ५२ करोड ६३ लाख रहेको छ ।यसका साथै रुपन्देही, नवलपरासी, नवलपुर र चितवन गरी चार जिल्ला कार्यक्षेत्र भएको उक्त बैंकले आफना विभिन्न शाखा कार्यालयहरुबाट निशुल्क एविविएस, एटिएम, लकर, सन्ध्याकालीन, एसएमएस, आइपिएस, सि–आश्बा लगायतका अत्याधुनिक बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

Crest

बैंकको सञ्चालक समितिले गत आर्थिक बर्षको खुद मुनाफा तथा शेयर प्रिमियमवाट कायम चूक्ता पूँजीको नगद लाभांश र बोनस शेयर गरी ७ दशमलव ४२ प्रतिशत (६ दशमलव ४२ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस शेयर) वितरणको लागी प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक बर्षको तुलनामा २४ प्रतिशतले खुद मुनाफामा बृद्घि गरेको प्रमुख कार्यकारी अधिकृत राजन प्रसाद खनालले जानकारी दिए ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS