IME Life New

तेस्रो त्रैमाससम्म कालिञ्चोक दर्शनको वित्तीय प्रदर्शन कस्तो ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । कालिञ्चोक दर्शनले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म २ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले अघिल्ल्लो वर्षको तुलनामा कम्पनीको नाफामा ६.९१ प्रतिशतको बढोत्तरी भएको छ।

Crest

समीक्षा अवधिसम्म कम्पनीले सेवा प्रवाहबाट ६ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ। यो आम्दानी अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा २९.०२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले सेवा प्रवाहबाट ५ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको थियो।

चुक्तापुँजी ५९ करोड ६३ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भमा ५८ लाख ५६ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको रिजर्भ २ करोड ६७ लाख रुपैयाँले ऋणात्मक थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ४.२० रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १.१४ रुपैयाँ थियो। पीई रेसियो १८८.३३ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०१.०२ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS