IME Life New

ठमेल प्लाजा होटलले आइपीओ निष्काशन गर्ने, बोलायो विशेष साधारण सभा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । ठमेल प्लाजा होटल एन्ड सुइटस् लिमिटेडले आगामी जेठ १९ गते विशेष साधारण सभा गर्ने भएको छ । उक्त सभा ठमेलस्थित कम्पनीको सभाकक्षमा बिहान १० बजेदेखि सभा शुरु हुने कम्पनीले जनाएको छ।

कम्पनीको साधारणसभामा आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा हकप्रद शेयर गर्ने प्रस्तावमा पनि छलफल हुने छ । सभाले हकपद्र शेयर जारी गर्ने , कम्पनीको नाममा खरिद गरिएको जग्गा सम्बन्धी जानकारी एवं सोको अनुमोदन,सर्वसाधारणका लागि छुट्याइएको शेयर (आईपीओ) जारी गर्ने लगायतका प्रस्ताव अनुमोदन गर्नेछ ।

Crest

सभाले हकप्रद शेयर जारी गर्ने एवं सार्वसधारणका लागि छुट्याइएको शेयर (आईपीओं) जारी गर्ने सम्बन्धमा नियमनकारी निकायहरुबाट कुनै पनि किसिमको फेरबदल, संशोधन एवं थपघट सम्बन्धी कुनै निर्देशनहरु प्राप्त भएमा सोही बमोजिमको आवश्यक सम्पूर्ण कार्य गर्न संचालक समितिलाई आवश्यक सम्पुर्ण अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS