IME Life New

जीवन बीमा कम्पनीहरुले आर्जन गरे १५ अर्बमाथि प्रथम बीमाशुल्क, कसको कति ? (तथ्याङ्क सहित)

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । पुस मसान्तसम्ममा १९ जीवन बीमा कम्पनीहरुले करिब १६ अर्ब रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।बीमा समितिको तथ्याङ्क अनुसार पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ४६ अर्ब ८९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए । जसमध्ये प्रथम बीमाशुल्क मार्फत १५ अर्ब ३० करोड रुपैयाँ आर्जन गरेका हुन् ।

समितिको तथ्याङ्क अनुसार पुस मसान्तसम्ममा सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले पुस मसान्तसम्ममा ४ अर्ब १ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

Crest

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोशन (एलआईसी)नेपाल रहेको छ । कम्पनीले पुस मसान्तसम्ममा १ अर्ब ७० करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

तेस्रोमा नयाँ जीवन बीमा कम्पनी यूनियन लाइफ रहेको छ । कम्पनीले पुस मसान्तसम्ममा १ अर्ब ४२ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, नेशनल लाइफले १ अर्ब, मेट लाइफले ९२ करोड रुपैयाँ, एशियन लाइफले ८७ करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ८० करोड रुपैयाँ, रिलायबल लाइफले ६० करोड रुपैयाँ, सिटिजन लाइफले ५१ करोड रुपैयाँ, प्राइम लाइफले ४८ करोड रुपैयाँ , ज्योति लाइफले ५१ करोड रुपैयाँ, सूर्या लाइफले ४३ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यसैगरी, आइएमई लाइफले ४० करोड रुपैयाँ, सन नेपाल लाइफले ३४ करोड रुपैयाँ, रिलायन्स लाइफले २९ करोड रुपैयाँ, सानिमा लाइफले २८ करोड रुपैयाँ, महालक्ष्मी लाइफले २८ करोड रुपैयाँ, गुराँस लाइफले २६ करोड रुपैयाँ र प्रभु लाइफले २० करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

स्रोत : बीमा समिति

Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS