IME Life New

जनरल इन्स्योरेन्सको चौंथो वार्षिक साधारण सभा सम्पन्न, हकप्रदको प्रस्ताव पारित

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको चौंथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा अमृतभोग, कालिकास्थान, काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७ /७८ को एनएफआरएस बमोजिम २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह सम्बन्धी विवरण र सो सम्बन्धी अनुसूचिहरु पारित पारित गरेको छ ।

Crest

त्यस्तै, सभाले आर्थिक वर्ष २०७८ /७९ को लागि बाह्य लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संचालक समितिबाट नियुक्त गरिएको संचालकको नाम अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ । साथै, बीमा समितिको स्वीकृति लिई हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात १ः०३ हकप्रद शेयर निष्काशन गर्ने विषयलाई पनि स्वीकृति प्रदान गरेको छ ।

त्यस्तै, सभाले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनी गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सबै कार्य गर्ने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने, कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि भएपछि कम्पनीको प्रबन्धपत्रमा सोही बमोजिम संशोधन गर्ने र संबोधन गरिएकोमा बीमा समितिको निर्देशनपछि संशोन गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

साधारण सभाको अवसर पारेर कम्पनीले जिआइसी नेपाल नामक एप संचालनमा ल्याएको छ । कम्पनीले बीमा सेवा सबैको हातहातका भन्ने उद्देश्य सहित यस्तो योजना ल्याएको हो ।

Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS