IME Life New

छ महिनामा जीवन बीमाका अभिकर्ताले बुझे सवा पाँच अर्ब कमिशन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले दोस्रो त्रैमासको अन्त्यसम्ममा बीमा अभिकर्ता कमीशन मार्फत सवा पाँच अर्ब अर्थात पाँच अर्ब २४ करोड रुपैयाँ बीमा अभिकर्ता कमिशनमार्फत अभिकर्ताहरुलाई दिएको छ । कम्पनीहरुले गत बर्षको सोहि अवधिमा ३ अर्ब ६८ करोड रुपैयाँ बीमा अभिकर्ता कमीशन मार्फत अभिकर्तालाई दिएको थियो । गत बर्षको तुलनामा कम्पनीले बीमा अभिकर्ताहरुलाई दिने अभिकर्ता कमीशन ४२ प्रतिशतले बढेको हो ।

बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले पुस मसान्तसम्ममा एक अर्ब ६१ करोड रुपैयाँ अभिकर्ता कमीशनमार्फत खर्चिएको छ । कम्पनीले गत बर्षको तुलनामा सोही अवधिमा एक अर्ब २४ करोड रुपैयाँ कमीशन खर्चिएको थियो । गत बर्षको तुलनामा कम्पनीको अभिकर्ता कमीशन २९ दशमलव ६९ प्रतिशत बढेको हो ।

Crest

दोस्रो लाइफ इन्स्यारेन्स कर्पोरेशन नेपालले पुस मसान्तसम्ममा ८१ करोड ३९ लाख रुपैयाँ बीमा अभिकर्तामा खर्चिएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले ६३ करोड ९ लाख रुपैयाँ बीमा अभिकर्ताहरुको कमीशनमा खर्चिएको थियो । गत बर्षको तुलनमामा कम्पनीको बीमा अभिकर्ता कमीशन २९ प्रतिशतले बढी हो ।

तेस्रोमा युनियन लाइफ इन्स्योरेनस कम्पनी रहेको छ । कम्पनीको अभिकर्ता कमिशन १०५ प्रतिशतले बढेर ४४ करोड ७३ लाख रुपैयाँ पुगेको छ । गत बर्षको सोही अवधिमा कम्पनीले २१ करोड ७७ लाख रुपैयाँ अभिकर्ता कमिशनमा खर्च गरेको थियो ।

त्यस्तै, नेशनल लाइफले दोस्रो त्रैमासको अन्त्यसम्ममा अभिकर्ता कमीशन २८ प्रतिशतले बढाएर ४० करोड रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सले २२ प्रतिशतले बढाएर २५ करोड ९५ लाख रुपैयाँ, मेट लाइफले १६ प्रतिशतले बढाएर २४ करोड ४२ लाख रुपैयाँ र प्राइम लाइफले २२ प्रतिशतले बढाएर १६ करोड ५७ लाख रुपैयाँ अभिकर्ता कमीशनमा खर्चिएका छन् ।

त्यसैगरी, सानिमा लाइफले ७ करोड ८५ लाख रुपैयाँ, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले ५ करोड ५० लाख रुपैयाँ र महालक्ष्मी लाइफले ४ करोड १७ लाख रुपैयाँ बीमा अभिकर्ता कमिशनमा खर्चिएका छन् ।

Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS