काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको रिक्त रहेको सञ्चालक पदमा संस्थापक शेयरधनीको तर्फबाट रामचन्द्र जोशी नियुक्त भएका छन् । कम्पनीको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले २०७८ पुस २२ गते देखि नै लागू हुने गरी जोशीलाई सञ्चालकमा नियुक्त गरेको कम्पनीले जनाएको छ । उनलाई २०८१ साउन १२ गते सम्मका लागि नियुक्त गरेको हो ।
छिमेक लघुवित्तको सञ्चालकमा जोशी नियुक्त
