IME Life New

चुक्ता पूँजी वृद्धिका लागि संस्थागत लगानीकर्तासँग छलफल गर्दै नेपाल रिइन्स्योरेन्स

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी(नेपाल रि) ले चुक्ता पूँजी वृद्धिको तीनवटै विकल्पका सम्बन्धमा मुख्य प्रवर्द्धकहरुसँग छलफल शुरु गरेको छ। नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीका लागि न्यूनत्तम २० अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्‍याउन निर्देशन जारी गरेपछि औचित्य र आवश्यकताको मूल्याङ्कन गर्दै पूँजी वृद्धिको सम्बन्धमा योजना तयार गर्नेछ।

प्राधिकरणले १५ दिनभित्र पूँजी वृद्धि योजना पेश गर्न निर्देशन दिएकोमा पहिले नै पूँजी वृद्धिको योजना तयारी अवस्थामा राखेको निजी क्षेत्रको हिमालयन पुनर्बीमा कम्पनीले प्राधिकरणको स्वीकृति बिना नै हकप्रद शेयर निष्काशनको घोषणा नै गरि सकेको छ। यता सरकारी स्वामित्वको नेपाल रिले पुनर्बीमा नेतृत्वको भने स्वदेशी पुनर्बीमा बजारको आकार र पुनर्बीमकको चुक्ता पूँजीबीचको अनुपातका आधारमा औचित्य कायम हुने गरी मात्र पूँजी वृद्धि गर्नुपर्ने धारणा छ।

Crest

नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष ईश्वरी प्रसाद अर्यालले पूँजी वृद्धिको योजना सम्बन्धमा आन्तरिक छलफलकै चरणमा रहेको जानकारी दिएका छन्। उनले पूँजी वृद्धिका सम्बन्धमा नेपाल रिले कुनै निर्णय नगरेको बताउँदै बोनश, हकप्रद र एफपिओ तीनवटै विकल्प खुल्ला राखेर सरोकारवालाहरुसँग छलफलको आधारमा निर्णय लिइने बताए ।

चुक्ता पूँजी वृद्धिका लागि थप पूँजी लगानी गर्ने वा हालको पूँजीलाई यथावत राखेर सरकारी स्वामित्वको हिस्सा घटाउने सम्बन्धमा पनि सरकारी पक्षबाट छलफल हुन सक्ने संभावना छ। नेपाल रिको अधिकृत पूँजी १५ अर्ब रुपैयाँ छ।

‘नियामकले न भनेपनि नेपाल रिको पूँजी १० अर्बबाट १२ अर्ब ८१ करोड रुपैयाँ पुर्‍याएकै थियौं’,अध्यक्ष अर्यालले पूँजी वृद्धिका सम्बन्धमा नेपाल रिले धेरै पहिले नै योजना बनाएको उल्लेख गर्दै भने,’तर नियामकले दिएको समयसीमा भित्र दोब्बर पूँजीको आवश्यक्ता छ छैन भन्ने हाम्रो चासोको विषय हो ।’

प्राधिकरणले गत माघ १७ गते निर्देशन जारी गर्दै १ वर्षको अवधिभित्र न्यूनत्तम चुक्ता पूँजी १० अर्बबाट २० अर्ब रुपैयाँ पुर्याउन निर्देशन जारी गरेको थियो । साथै १५ दिनभित्र पूँजी वृद्धि योजना पेश गर्न समेत निर्देशन दिएको थियो । पूर्व नियोजित तयारी अनुसार निजी क्षेत्रको हिमालयन रिइन्स्योरेन्सले बोनश शेयर र हकप्रद शेयर निष्काशन मार्फत् चुक्ता पूँजी दोब्बर पार्ने योजना पेश गरेको छ भने नेपाल रिले थप १५ दिनको समय सीमा मागेको छ।

पूँजी वृद्धिको योजना सम्बन्धमा छलफल गर्नका लागि संस्थागत लगानीकर्ताको सञ्चालक समितिका अध्यक्षलाई नेपाल रिले शुक्रबार छलफलमा बोलाएको छ। छलफलमा प्राप्त हुने सुझावको आधारमा पूँजी वृद्धि योजनाको मस्यौदा तयार पारेर अर्थ मन्त्रालयका सचिवसँग परामर्श पछि अर्थमन्त्री समक्ष पेश गर्ने नेपाल रि को योजना छ।

नेपाल रि मा नेपाल सरकारको ४४ प्रतिशत शेयर स्वामित्व रहेको छ। बाँकीमध्ये ४० प्रतिशत शेयर निजी क्षेत्रको संस्थागत शेयरधनीहरु निर्जीवन, जीवन बीमा कम्पनी, आइएमई समूह, विशाल ग्रुप लगायतको छ भने १६ प्रतिशत सर्वसाधारणको शेयर लगानी रहेको छ। नेपाल रिले २० अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन हाल कायम पूँजीमा ५६ प्रतिशतले वृद्धि गर्नुपर्ने हुन्छ।

निजी क्षेत्रको पुनर्बीमक हिमालयन रिइन्स्योरेन्ससँग १० अर्ब रुपैयाँ चुक्ता पूँजी छ। यसले हालै मात्र ७ अर्ब चुक्ता पूँजीबाट सर्वसाधारणमा ३० प्रतिशत शेयर निष्काशन गरेर चुक्ता पूँजी १० अर्ब रुपैयाँ पुर्याएको हो । हिमालयन रिले प्रिमियम मूल्यमा सर्वसाधारणलाई शेयर बिक्री गरेको थियो । हिमालयन रि को पूँजी वृद्धि योजनामा शुरुमा ४ प्रतिशत बोनश शेयर बाँड्ने,त्यसपछि ८० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने र बाँकी अपुग पूँजी आगामी वर्षको नाफाबाट जुटाउने योजना पेश गरेको छ।

Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS