IME Life New
GBIME

चार कम्पनीको साधारण सभा भोलि हुँदै, के के छन् प्रस्ताव ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । चार कम्पनीहरुको साधारण सभा भोलि (बिहिबार) हुने भएको छ। नेशनल लाइफ इन्स्योरेन्स, घलेम्दी हाइड्रो, सिटीजन्स बैंक इन्टरनेशनल र तिनाउ विकास बैंकले साधारण सभा गर्न लागेका हुन् ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा बिहान १०ः३० बजे साधारण सभा आह्वान गरको छ ।
सभाले आर्थिक बर्ष २०७५/७६ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Crest

घलेम्दी हाइड्रोले होटल मुनलाईट काठमाडौंमा बिहान ११ बजे आह्वान गरेको छ । । उक्त सभाले गत आर्थिक बर्षको वार्षिक प्रतिवेदन पारित गर्ने र लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै , सिटीजन्स बैंकले बिहान ११ बजे बैंकको प्रधान कार्यालयको भवन दरबारमार्गमा सभा आह्वान गरेको छ। सभाले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी तिनाउ मिसन डेभलपमेण्ट बैंकले आम्रपाली कटेज एण्ड रेष्टुरेन्ट रुपन्देहीमा बिहान ११ बजे साधारण सभा आह्वान गरेको छ। सभाले ६ प्रतिशत बोनस शेयर र सिटीजन्स बैंकले उक्त बैंकलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव सभामा पारित गर्ने बिषयमा छलफल गर्ने भएको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS