IME Life New
GBIME

चन्द्रागिरी हिल्सको आइपीओको प्रि-अलोटमेन्ट आज, आइपीओ बाँडफाँडको यस्तो छ तयारी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । चन्द्रागिरी हिल्सको आइपीओको प्रि-अलोटमेन्ट आज हुने भएको छ । ग्लोबल आईएमई क्यापिटलका अनुसार आज बेलुकासम्ममा प्रि-अलोटमेन्ट भएसँगै कम्पनीको आइपीओको बाँडफाँडको टुंगो लाग्ने क्यापिटलले जनाएको छ ।

क्यापिटलको भनाई अनुसार आइपीओ शुक्रबारसम्ममा बाँडफाड हुने सम्भावना रहेको छ । आज प्रि(अलोटमेन्ट सम्पन्न गरि शुक्रबारसम्म आइपीओ बाँडफाड गर्ने तयारी गरिएको छ तर अन्तिम टुंगो भने नलागेको क्यापिटलले जनाएको छ ।

Crest

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज साँझसम्म आइपीओको ’प्रि-अलोटमेन्ट’ गरी बाँडफाँडका लागि धितोपत्र बोर्डसँग स्वीकृति माग गर्ने जनाएको छ । ’प्रि-अलोटमेन्ट’ को बिवरण बोर्डमा बुझाएसँगै बोर्डले निर्धारण गरेको दिन कम्पनीको शेयर बाँडफाँड गरिने बताएको छ ।

कम्पनीले सार्वजनिक निष्काशनमा सर्वसाधारणका लागि १३ लाख ९६ हजार २२ कित्ता शेयर विक्री खुला गरेको हो । सर्वसाधारणका लागि छुट्याएको कुल १५ लाख ३४ हजार ९१ कित्ता आईपीओमध्ये ६१ हजार ३६४ कित्ता कर्मचारीको लागि र ७६ हजार ७०५ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री गरी दोस्रो चरणमा अन्य सर्वसाधारणका लागि विक्री खुला गरेको थियो।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS