IME Life New
GBIME

गरिमा क्यापिटलको साधारण सभा सम्पन्न, १६% लाभांश पारित

SPIL
Global College
Nepal Life

काठमाडौं । गरिमा क्यापिटलले छैठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा पार्क भिलेज रिसोर्ट बुढानिलकण्ठमा सम्पन्न भएको हो । सभामा आर्थिक बर्ष २०७७/७८ को संचालक समितिको प्रतिवेदन पारित भएको छ ।

सभाले वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरिक्षक नियुक्त गरि पारिश्रमिक निर्धारण गर्ने, संस्थापकबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ५ संचालक निर्वाचन गर्ने, २०७८ आषाढ मसान्तमा कायम चुक्ता पूँजीको १५ दशमलव ६५ प्रतिशतले हुन आउने रकम एक करोड चौरासी लाख त्रियासी हजार आठ सय पन्चानब्बे र पैसा त्रियानब्बे मात्र नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

Crest

त्यस्तै सभाले आफ्नो कार्यक्षेत्र विस्तार गरी धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रार एवं सामूहिक लगानी कोषको डिपोजिटरीको रुपमा समेत कार्य गर्नको निमित्त कम्पनीको प्रबन्धपत्रमा उल्लेखित उद्देश्यहरु थप संशोधन गर्ने र सो बमोजिम आवश्यक व्यवस्था गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

सभाले गरिमा क्यापिटल लिमिटेड वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा वैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, सञ्चालकहरुलाई प्रदान गरिने बैठक भत्ता रकम बृद्धि गर्ने ,प्रबन्धपत्र संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS