IME Life New
GBIME

कामना सेवा विकास बैंकले प्रस्ताव गर्यो लाभांश, बोनस सेयरको साथमा नगद लाभांश पनि पाइने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: कामना सेवा विकास बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको बुधबार सम्पन्न बैठकले ५.५० प्रतिशत बोनस र ६.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । पछिल्लो पटक बैंकले आक्रामक बजार विस्तार गर्दै आफुलाई प्रतिष्ठित तथा प्रतिस्पर्धी राष्ट्रियस्तरको बिकाश बैंकको रुपमा देखाउदै आएको छ।

हाल कामना सेवा विकास बैंकको चुक्ता पूँजी २ अर्ब ३७ करोड २१ लाख रुपैयाँ रहेको छ । बैंकले यहि पूँजीको ५.५ प्रतिशतले हुन आउने १३ करोड चार लाख ७० हजार १९२ रुपैयाँको बोनस तथा ६.५० प्रतिशतले हुन आउने १५ करोड ४१ लाख ९२ हजार ४६ रुपैयाँको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Crest

बोनसपछि बैंकको चुक्ता पूँजी दुई अर्ब ५० करोड २६ लाख ५५ हजार रुपैयाँ पुग्नेछ । चालू आवको तेश्रो त्रैमासमा बैंकले २२ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी १४ रुपैयाँ ७५ पैसा कायम गरेको छ ।

बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारण सभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीलाई वितरण हुनेछ । कम्पनीको आजको बजारमूल्य रु. १५५ रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS