IME Life New

काठमाडौंमा भेटियो कोरोना भाइरस, स्वास्थ्य बीमा बोर्डले बीमितको उपचार खर्च व्यवहोर्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौ । स्वास्थ्य मन्त्रालयले प्राणघातक कोरोना भाइरस नेपाल भित्रिएको पुष्टि गरेको छ । चीनमा अध्ययन गर्न गएका विद्यार्थी नेपाल फर्के लगत्तै विरामी परेपछि टेकुस्थित ट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयलले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिएको छ । अध्ययनको लागि चीनमा रहेका एक नेपाली विद्यार्थी कोरोनाको लक्षणसहित विरामी भएपछि टेकु पुगेका थिए । त्यहाँबाट संकलन गरिएको रगतको नमुना तत्कालै हङ्गकङ्ग पुर्याएर परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

उता, स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा गरेका सबै नेपालीहरुले कोरोना रोग लागेमा सोको उपचार खर्च बोर्डले व्यहोर्ने जनाएका छन् । कोरोना लागेको आशंका भएमा टेकुस्थित इपिडिमियोलोजी महाशाखा वा बोर्डसँग आबद्ध भएको जुनसुकै अस्पतामा गएर उपचार गर्न सकिने प्रष्ट पारेको छ । स्वास्थ्य बोर्डका कार्यकारी निर्देशक रमेश कुमार पोखरेलले इन्स्योरेन्स खवरसँग कोरोना लागेमा रिफर गर्ने अस्पताल पुग्नु नपर्ने बरु सिधैं इमरजेन्सीमार्फत अस्पताल भर्ना भएर उपचार गर्न भनेका छन् । उनले भने, ‘आपतकालिन अवस्थामा रिफर व्यवस्था लागू हुँदैन । आबद्ध भएको जुनसुकै अस्पतालमा उपचार गरी सोको बिल एक लाख रुपैयाँ उपचार खर्च पाउने क्रेडिटबाट दावी भुक्तानी हुनेछ ।’

Crest
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS