IME Life New

एनएलजी इन्स्योरेन्सको बोनश शेयरधनीको डिम्याट खातामा जम्मा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्स लिमिटेडले बोनश शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ । कम्पनीको गत फागुन ३ गते सम्पन्न भएको १८औं वार्षिक साधारण सभाले पारित गरेको ५ दशमलव ५० प्रतिशत बोनश शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो ।

कम्पनीले माघ २४ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको सम्बन्धित डिम्याट खातामा बोनश शेयर जम्मा गराएको जनाएको छ । हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीले शेयर अभौतिकीकरण गराएपछि मात्रै शेयरधनीको सम्बन्धित डिम्याट खातामा बोनश शेयर जम्मा हुने कम्पनीले जनाएको छ ।

Crest

त्यस्तै, माघ २४ गतेसम्म शेयर धितो बन्धक राखि कर्जा लिएका शेयरधनीको हकमा बोनश शेयर कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममा रोक्का जनाई शेयरधनीको डिम्याट खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न आग्रह गरेको छ ।

साथै सो मिति पश्चात रोक्का राखिएका शेयरधनीको बोनश शेयर सम्बन्धीत डिम्याट खातामा रोक्का नजनाई जम्मा हुने हुँदा सम्बन्धीत बैंक तथा वित्तीय संस्थाले उक्त शेयरधनीको शेयर रोक्का रहे नरहेको यकिन गरी रोक्का राख्नुपर्ने भए बोनश शेयर समेत रोक्का राख्नेतर्फ आवश्यक पहल गर्न आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS