IME Life New

एनआईसी एसिया बैंकद्वारा सामुदायिक विद्यालयमा निर्मित पुस्तकालय हस्तान्तरण

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एसिया बैंकले दुई वटा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गरेको छ । बैंकका अनुसार झापाको बुद्धशान्ति गाउँपालिका–२ मा रहेको श्री आदर्श माध्यमिक विद्यालय र गौरीगञ्ज गाउँपालिका–३ मा रहेको श्री गौरीगञ्ज माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना गरिएको हो ।

असोज ४ गते आयोजित एक कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, विद्यालयका शिक्षक एवम् विद्यार्थी र बैंकका प्रतिनिधिहरूको सहभागितामा पुस्तकालय भवनको उद्घाटन गरिएको बैंकले जनाएको छ ।

Crest

विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण बनाउन पुस्तकालय निर्माण गरिएको बैंकले जनाएको छ ।

यसअघि बैंकले कैलालीको जोशीपुर गाउँपालिका–१ मा अवस्थित श्री मोहन्याल माध्यमिक विद्यालयमा पुस्तकालय निर्माण गरेको थियो ।

त्यसैगरी सिराहाको भगवानपुर गाउँपालिका–१ मा रहेको श्री बालासुन्दरी माध्यमिक विद्यालय, पर्साको वीरगञ्ज महानगरपालिका–१४ मा रहेको श्री सिद्धार्थ माध्यमिक विद्यालय, तनहुको बन्दिपुर गाउँपालिका–१ मा रहेको श्री पवित्रा माध्यमिक विद्यालय, रुपन्देहीको सियारी गाउँपालिका–४ मा अवस्थित श्री पब्लिक सेकेन्डरी स्कुल र चितवनको राप्ती नगरपालिका–७ मा रहेको श्री विरेन्द्र आदर्श माध्यमिक विद्यालयमा पुस्तकालय भवन निर्माण गरी हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS