IME Life New

आम्दानीमा उछाल आउँदा हाथवे इन्भेस्टमेन्ट नाफामा, ईपीएस कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । हाथवे इन्भेस्टमेन्ट नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म कम्पनीले ७ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ करोड २२ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

Crest

तेस्रो त्रैमाससम्म कम्पनीको सञ्चालन आम्दानी २३ करोड ४३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्मको कम्पनीको सञ्चालन आम्दानी १२ करोड ३८ लाख रुपैयाँ रहेको थियो। यो हिसाबले अघिल्लो वर्षको तुलनामा कम्पनीको सञ्चालन आम्दानी ८९.२० प्रतिशतले बढेको छ।

चुक्तापुँजी १ अर्ब २८ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ ३६ करोड ३२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङमा २६ करोड ७१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको रिटेन्ड अर्निङको आकार ३५.९७ प्रतिशतले बढेको छ।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ३.८९ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ०.८० प्रतिशत थियो। पीई रेसियो २२२.०३ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ९३.७८ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS