IME Life New

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि धितोपत्र बोर्डले माग्यो सुझाव

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८१।८२ को नीति तथा कार्यक्रमका लागि सुझाव मागेको छ। धितोपत्र बोर्डले आज एक सूचना प्रकाशित गरी नीति तथा कार्यक्रमका लागि सुझाव माग गरेको हो।

पुँजी बजार नियामक धितोपत्र बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजारलाई सम्पूर्ण सरोकारावालाको अपेक्षाअनुरुप बजार पूर्वाधारको व्यवस्था, बजारको विकास तथा विस्तार, बजार तथा नियामकको पहुँच अभिवृद्धि, बजारको प्रभावकारी नियमन तथा सुपरिवेक्षण, स्वच्छ, दिगो, पारदर्शी, आधुनिक, प्रतिस्पर्धी र लगानीकर्तामैत्री बजार कायम गर्न प्रयासरत रहेको धितोपत्र बोर्डको दाबी छ। यसै परिप्रेक्षमा प्रत्येक आर्थिक वर्षभित्र सम्पन्न गर्ने योजनासहित नीति तथा कार्यक्रम तयार गरी कार्यान्वयन गर्दै आएको धितोपत्र बोर्डको भनाइ छ।

Crest

सोही व्यवस्थालाई निरन्तरता दिँदै नेपाल सरकारको पुँजी बजारसम्बन्धी नीति, कार्यक्रम तथा प्राथमिकतासमेतलाई दृष्टिगत गरी आर्थिक वर्ष २०८१।८२ मा जनअपेक्षाअनुरुपको कार्यान्वयन योग्य नीति तथा कार्यक्रम तयार गरी लागू गर्ने कार्यका लागि सम्पूर्ण सरोकारवालासँग धितोपत्र बोर्डले सुझाव माग गरेको हो।

सरोकारावालाले धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास, विस्तार र सुधार, प्रभावकारी नियमन र सुपरिवेक्षणका लागि रचनात्मक एवं समसामयिक विषयमा अमूल्य राय–सुझाव दिन धितोपत्र बोर्डले आग्रह गरेको छ। यसका लागि जेठ १५ गतेसम्मको समय दिइएको छ।

राय–सुझाव धितोपत्र बोर्डको ई–मेल [email protected] मा पठाउन सकिनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS