IME Life New

अब निर्जीवन बीमकले घातक रोग बीमालेख जारी गर्नुअघि पर्याप्त जोखिमाङ्कन गर्नुपर्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । अब निर्जीवन बीमा कम्पनीहरुले घातक रोग बीमालेख जारी गर्नुअघि पर्याप्त जोखिमाङ्कन गर्नु पर्ने भएको छ । आज नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमकको घातक रोग बीमालेख सम्बन्धी मार्गदर्शन जारी गर्दै यस्तो जनाएको हो ।

बीमकले जोखिम जोखिमाङ्कन गर्दा विगतको बीमितको स्वास्थ्य सम्बन्धी रिपोर्ट, वर्तमान स्वास्थ्य अवस्था, जीवनशैली लगायतका विषयलाई आधार मानेर जारी गर्नुपर्ने जनाएको छ । बीमकहरुले बीमालेख जारी गर्दापर्याप्त पुनर्बीमाको व्यवस्था गर्नुपर्ने जनाएको छ ।

Crest

बीमकले बीमालेख तयार पार्दा बीमा कम्पनीहरुले कम्तिमा १० वटा घातक रोगहरु अनिवार्य रुपमा समावेश गर्नुपर्छ । त्यस्तै, अब बीमा कम्पनीहरुले घातक रोग बीमालेखा जारी गर्नुअघि पर्याप्त जोखिमाङ्कन गरी तयार गरेको घातक रोग बीमालेख स्वीकृतिका लागि नेपाल बीमा प्राधिरकणमा पेश गर्नुपर्नेछ ।

त्यस्तै, पर्याप्त जोखिमाङ्कन गरी तयार गरेको घातक रोग बीमालेखको बीमाङ्क रकम अधिकतम २० लाख रुपैयाँसम्म कायम गर्नुपर्ने प्राधिकरणले यस मार्गदर्शनमा उल्लेख गरेको छ । पर्याप्त जोखिमाङ्कन गरी तयार गरेको घातक रोग बीमालेखको भुक्तानीमा घातक रोग अन्तर्गत खर्च रकम दाबी गर्दा सम्बन्धीत रोगको विशेषज्ञ चिकित्सकद्वारा पर्याप्त जोखिमाङ्कन गरी तयार गरेको घातक रोग बमोजिमको घातक रोग हो भनि प्रमाणित गरेको कागजात बीमक समक्ष पेश गर्नुपर्ने जनाएको छ ।

6674013b3bf29_1718878523

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS