IME Life New
GBIME

अब कृषि विकास बैंकको मोबाईल एपबाट तत्कालै कर्जा पाउन सकिने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बढ्दो डिजिटल प्रबिधिको माग तथा प्रयोगलाई आत्मसाथ गर्दै वित्तीय पहुँच तथा समावेशीकरण तर्फको पहल अन्तर्गत, कृषि विकास बैंक लिमिटेडले एडिबिएल स्मार्ट प्लस एपमा कर्जाको नयाँ सुविधा शुरु गरेको छ । यस सुविधा मार्फत, योग्य ग्राहकले रु.२ लाख सम्म प्रत्यक्ष रुपमा आफ्नै मोबाइल बैंकिङ्ख एपबाट बिना कुनै धितो, कुनै कागजी कार्य वा बैंक भ्रमण नगरी तुरुन्तै कर्जा प्राप्त गर्न सक्नेछन् ।

कृषि विकास बैंक लि मा तलवी प्रकारका खाता भएका योग्य ग्राहकहरुले बैंकले तोकेको सीमा अनुसार आफ्नो मोबाइल बैंकिङ्ख एपबाट नै कर्जा लिन, उक्त कर्जाको भुक्तानी अवधि इएमआई आधारमा ३, ६, ९, १२ महिना तय गर्न सक्नेछन भने पूर्व भुक्तानको विकल्प पनि रहने छ ।

Crest

ADBL Instant Foneloan योग्य ग्राहकहरुले Buy Now, Pay Later सुविधा पनि प्राप्त गर्न सक्ने छन् । BNPL सुविधाको प्रयोग कुनै पनि Fonepay मर्चेन्टमा क्युआर पेमेन्टको समयमा क्रेडिट भुक्तानी गर्न प्रयोग गर्न सकिन्छ । यसबाट ग्राहकले आफुलाई चाहिएको सामानको खरिद गर्न अनुमति दिन्छ र यसलाई निर्धारित समय भित्र मासिक किस्तामा भुक्तानी गर्नुपर्ने हुन्छ । त्यसैगरी ग्राहकहरुले”Convert to EMI” सुविधा पनि प्राप्त गर्न सक्नेछन् जस अन्तर्गत योग्य ग्राहकहरुले आफ्नो अघिल्लो ठूलो कारोबार रकमलाई कर्जामा रुपान्तरण गरी सममासिक किस्तामा भुक्तानी गर्न सक्नेछन् ।

यस सेवा प्रयोग गर्न ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ एप मार्फत प्रमाणित इमेल ठेगाना उपलब्ध गराएर सजिलैसँग ADBL Instant Foneloan  मा Register गर्न सक्नेछन् । कर्जाको योग्यता बैंकद्वारा विभिन्न मापदण्डहरु जस्तैः बैंकमा तलबी खाता हुनुपर्ने, बैंक खाताबाट नियमित कारोवार भएको हुनुपर्ने, बैंकसँग भाखा नाघेको कर्जा नभएको आदि जस्ता आधारमा Software मार्फत तय गरिन्छ । योग्य ग्राहकहरुको आफ्नो मोबाइल बैंकिङ एप भित्र Foneloan ब्यानर र Register Button देखा पर्नेछ । ग्राहकहरुले एक पटक दर्ता र इमेल प्रमाणित गरेपछि Instant Foneloan का सबै सेवाहरु प्राप्त गर्न सक्नेछन । यो सेवा सुचारु गरे पश्चता सरकारी बैंकहरु मध्ये Foneloan सेवा संचालनमा ल्याउने कृषि विकास बैंक लि पहिलो समेत बनेको छ ।

फोनलोनका प्रमुख कार्यकारी अधिकृत, सागर शर्मा भन्छन्, “हाम्रो मुख्य लक्ष्य भनेको ग्राहकहरुलाई अधिकतम सुविधा प्रदान गर्ने हो। फोनलोन मार्फत डिजिटल लोन प्रदान गरी लोन प्रक्रियालाई सहज गर्ने र आर्थिक आवश्यकताहरूमा तुरन्तै आफ्नो मोबाइल बैंकिङ्गबाटै लोन उपलब्ध गरी ग्राहकलाई सजिलो बनाउनु हो । साथै ग्राहकहरुले बैंक नगई र बिना धितो जुनसुकै बेला पनि लोन लिन सक्छन् ।”

यसै गरी कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ भन्छन्, “हाम्रो मुख्य उद्देश्य भनेको ग्राहकहरुलाई सहज सुविधा प्रदान गर्ने हो । ADBL Smart Plus मा फोनलोनको सुचारु भए संगै अब लोन लिन बैंक आउनु नपर्ने र बिना कुनै कागजात र धितो ग्राहकहरुले रु। २ लाख सम्मको लोन आफ्नै मोबाइल बैंकिङ्गबाटै लिन सक्नुहुनेछ ।

कृषि विकास बैंक लि. ले देशका ७७ जिल्लाका २८० भन्दा बढी कार्यालय, १२९ एटिएम मार्फत बैंकिङ्ख सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले विशेष गरी कृषि क्षेत्रको अग्रणी बैंक भै कार्य गर्नुका साथै व्यक्तिगत कर्जा, मार्जिन लेण्डिङ्ख लगायत अन्य सबै क्षेत्रमा कर्जा प्रबाह गर्दै आईरहेको छ । बैंकले डिजिटल बैंकिङ्ख तर्फ समेत सबै प्रकारका सेवा सुविधा उपलब्ध गराउदै आएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS